बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै « Khabarhub

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

क्षतिग्रस्त पूर्वाधार र राहत कार्यको प्रत्यक्ष जानकारी लिने


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा भारी क्षति पुर्‍याएपछि प्रधानमन्त्री वालेन्द्‍ शाह प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल पनि टोलीमा छन्। उनीहरु बिहान ९:३० बजे सडकमार्ग हुँदै प्रभावित क्षेत्रतर्फ गएका हुन्।

संसद् र राजनीतिमा सर्वदलीय बैठकको दौडधुप भइरहँदा प्रधानमन्त्री शाह भने उद्धार र राहत कार्यलाई प्रत्यक्ष रूपमा सहजीकरण गर्न आफैँ मैदानमा गएका हुन् । यसअघि उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहत कार्यलाई तीव्रता दिन मातहतका निकायलाई कडा निर्देशन दिएका थिए ।

समयको सीमाका कारण प्रधानमन्त्री शाहले बिहीबार मुख्य रूपमा नुवाकोटको विदुर तथा त्यस आसपासका बाढी प्रभावित बस्तीको निरीक्षण गर्नेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीले स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकायसँग क्षति, राहत तथा पुनर्नर्मार्णका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीले बाढीका कारण अवरुद्ध बनेका सडक, पुल तथा विद्युत् जस्ता अत्यावश्यक पूर्वाधारहरू तत्काल पुनः सञ्चालन गर्न र पुनर्निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १० : १९ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु