भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार « Khabarhub

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक बाढीमा परी कम्तीमा चार जना रुसी नागरिक सम्पर्कविहीन भएका छन्। नेपालस्थित रसियाली दूतावासका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना चार नागरिकसँग सञ्चार सम्पर्क विच्छेद भएको छ।

दूतावासले दिएको जानकारीअनुसार रुसी नागरिकको अर्को आठ जनाको समूह भने रसुवाको सदरमुकाम धुन्चेमा सुरक्षित रहेको र उनीहरूलाई थप सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सुरक्षा निकाय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्। तर, लगातारको प्रतिकूल मौसम र सञ्चार सेवा अवरुद्ध भएका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको दूतावासले जनाएको छ।

सम्पर्कविहीन भएका आफ्ना नागरिकहरूको अवस्थाबारे थप जानकारी लिन र उद्धार प्रक्रियालाई सहज बनाउन रसियाली दूतावासले नेपाल सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १० : २६ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु