बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री « Khabarhub

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको उल्लेख गरेका छन् । सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘आज बिहानै ६ः३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन् । बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन् ।’

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ९५ जना, २१ जना भारतीय नागरिक र हाकुस्थित टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको उल्लेख गर्दै प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन लैजाने काम भइरहेको बताए ।

उनका अनुसार ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ । यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ। ‘उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध छ ।’

‘आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ’, प्रधानमन्त्री शाहले भनेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ११ : २० बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु