बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग « Khabarhub

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

विदेश मन्त्रालयको प्रवक्ताको कार्यालयद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेका परिवार र आफन्तजनप्रति समवेदना प्रकट गर्दै अमेरिका नेपालको साथमा रहेको जनाइएको छ ।

अमेरिकाले क्थलिक रिलिफ सर्भिसमार्फत बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री, पानी, सरसफाइ तथा स्वच्छता सहायताका लागि ५ लाख अमेरिकी डलर उपलब्ध गराउने जनाएको छ।

विदेश मन्त्रालयले बाढीपछिको अवस्थाको अनुगमन गर्न र राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुऱ्याउन एक ‘विपद् प्रतिकार्य सल्लाहकार’लाई समेत सो क्षेत्रमा खटाउने जानकारी दिएको छ ।

प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकलाई स्थानीय समाचार नियाल्न, स्थानीय अधिकारीको निर्देशन पालना गर्न र महत्त्वपूर्ण सुरक्षा एवम् आपत्कालीन सूचना प्राप्त गर्न ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ (एसटीइपी) मा दर्ता हुन अमेरिकाले आग्रह गरेको छ।

आपत्कालीन सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकहरूलाई दूतावासको इमेल वा तोकिएका हटलाइन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ११ : ५७ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६