विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड « Khabarhub

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका बेला दलीय मतभेदलाई थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रचण्डले विपत्तिमा राजनीति नभइ राष्ट्रिय एकताको खाँचो रहेको बताए । उनले रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको गम्भीर संकटबाट पार पाउन सरकारलाई पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

बाढीपहिरोका कारण भएको भयानक मानवीय र भौतिक क्षतिको यस कठिन घडीमा सबै पक्ष समझदारीका साथ अघि बढ्नुपर्ने र यस नकारात्मक घटनालाई राष्ट्रिय एकताको नयाँ सङ्कल्पमा बदल्नुपर्ने उनको भनाइ छ ।

उनले विपद् लगत्तै प्रधानमन्त्री तथा गृहमन्त्रीले देखाएको तत्परता र सक्रियता राम्रो देखिएको भन्दै राहत तथा उद्धारमा निरन्तर खटिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १२ : ०९ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६