भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन « Khabarhub

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार ४१५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार ३१८, नेपाली सेनाका दुई हजार ३५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार ७४२ जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए।
  
बाढी प्रभावित क्षेत्रमा हालसम्म २३९ वटा हेलिकप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको प्राधिकरणले जनाएको छ । त्यसमध्ये नेपाली सेनामार्फत २११ वटा र निजी क्षेत्रका हेलिकप्टरबाट २८ जनाको उद्धार भएको छ ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ । बुधबार ८ः४० बजे नेपाल–चीन सीमा क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम तथा शंकटपूर्ण अवस्था सिर्जना भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान  छ । 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १२ : १९ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु