हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य « Khabarhub

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा हैदराबाद किङ्समेन एकेडेमीले नेपाल ए लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रनको योगफल बनाएको हो । 

हैदराबादका लागि शेहान जयसूर्याले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको योगदान दिए । यस्तै हम्माद आजमले ११ बलमा २ चौका र २ छक्कासहित अविजित २६ रन बनाए । मिलिन्द कुमारले २५, शायान जहाँगीरले २७, तय्याब आरिफले २३ तथा अली शेखले २२ रनको योगदान दिए ।

नेपालका बलरमध्ये नारायण जोशीले २ विकेट लिए । राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले समान १–१ विकेट लिए । नेपाल अहिले जबाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १२ : ३३ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित