नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन « Khabarhub

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन गरिएको छ । 

नदीमा बगेर आएका शवहरू संकलन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिएका छन् ।  

संकलन गरिएका शवलाई तत्काल विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ। शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने कामसमेत अघि बढाइएको प्रशासनले जनाएको छ । 

बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो क्षति भएको थियो । 

बाढी तथा पहिरोमा परेर बेपत्ता भएकाहरूका शव नदीले बगाएर चितवनसम्म ल्याएको हुन सक्ने आशंकामा नारायणी नदी आसपासमा खोजी तथा संकलन कार्य जारी राखिएको छ । 

शवको संख्या बढ्दै गएपछि चितवनमा व्यवस्थापनमा समस्या देखिएको छ । 

जिल्लामा एकपटकमा करिब ५० वटा शव मात्र सुरक्षित रूपमा राख्न सकिने क्षमता रहेकाले थप शव व्यवस्थापनका लागि वैकल्पिक तयारी थालिएको हो ।

शव राख्ने ठाउँ अभाव भएपछि प्रयोगमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भवनमा कोल्ड स्टोर निर्माण गरी शव व्यवस्थापन गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले बताए । 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १२ : ४१ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु