तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता « Khabarhub

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।

बुधबार बिहान सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ । निगरानी भिडियोमा धेरै मानिस ज्यान जोगाउन भागिरहेको देखिएको छ ।

चीनको अर्धसैनिक पिपुल्स आर्म्ड पुलिसका सदस्य ली किपुले अस्थिर भूभाग र साँघुरा पहाडी सडकका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताएका छन्। मुख्य प्रकोपस्थलमा ठूला सवारीसाधन र भारी उपकरण पुग्न नसके पनि आसपासका सडक खुला रहेकाले आवश्यक सामग्री पुर्‍याइएको उनले जानकारी दिए ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीमा क्षेत्रमा करिब ८०० उद्धारकर्मी र १५० भन्दा बढी सवारीसाधन परिचालन गरिएको छ । अग्निशमन सेवाले खोजी कुकुर, मानिसको उपस्थिति पत्ता लगाउने स्क्यानर र साना डुङ्गासहित ४३१ कर्मचारी खटाएको छ । राहत सामग्री बोकेका नागरिक तथा सैन्य विमानसमेत तिब्बत पुगेका छन् ।

रातभर वर्षा भइरहेकाले थप पहिरो र चट्टान खस्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन् । यसले उद्धार कार्य थप चुनौतीपूर्ण बन्न सक्ने जनाइएको छ ।

तिब्बत स्वायत्त क्षेत्र विदेशी पत्रकारका लागि सीमित पहुँचको क्षेत्र रहँदै आएको छ । विदेशी पत्रकारलाई सामान्यतया चिनियाँ सरकारद्वारा आयोजित भ्रमणमार्फत मात्र त्यहाँ पुग्न अनुमति दिइन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १२ : ४४ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६