बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले « Khabarhub

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीमा फसेका नागरिकको उद्धारका लागि २२ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी दिएका छन् ।  

बिहीबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा अर्थमन्त्री वाग्लेले प्रारम्भमा २ वटाबाट सुरु गरिएको उद्धार कार्य विस्तार गरी हाल २२ वटा हेलिकप्टरमार्फत तीव्र गतिमा खोजी तथा उद्धार भइरहेको जानकारी दिएका हुन् ।

उनले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको सुरक्षित उद्धार जारी रहेको बताए । 

घटनाको गम्भीरतालाई हेरेर विश्व बैंकसँग संवाद गरी करिब २५ अर्ब रुपैयाँ बराबरको सहायता जुटाउने पहल गरिएको उनको भनाइ छ । 

उनले चीन, भारत, जापान सरकारका साथै एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट तत्काल सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिए । 

चालु बजेटमा राहत तथा पुनर्उत्थानका लागि करिब १० अर्ब रुपैयाँ विनियोजित रहेको, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब ३४ करोड रुपैयाँ मौज्दात रहेको र गृह मन्त्रालयलाई थप १ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । 

उनले बाढीका कारण करिब २२ देखि २५ वटा पक्की पुल र निजी क्षेत्रसहितका करिब ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू क्षतिग्रस्त भएको उल्लेख गरे । 

राहत र उद्धारपछि २०७२ सालको भूकम्पपछिकै स्तरमा वैज्ञानिक तथ्य–तथ्याङ्क संकलन गरी दीर्घकालीन पुनर्निर्माणको कार्ययोजना बनाइने उनको भनाइ छ । 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १ : १२ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६