बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ « Khabarhub

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको भन्दै सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति बुद्ध एयरले ध्यानाकर्षण भएको जनाएको छ।

बुद्धले भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको आवागमन सहज बनाउन थप उडान सञ्चालन गरिएको जनाएको हो।

कम्पनीले बुधबार भैरहवा, भरतपुर र पोखराका लागि साबिककै सहज तथा सुलभ भाडादरमा थप उडान सञ्चालन गरिएको जनाएको छ। यात्रुको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै बिहीबार पनि विभिन्न गन्तव्यमा थप उडानको व्यवस्था गरिएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरले उद्धार तथा राहत कार्यमा संलग्न सरकारी तथा अन्य सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै यात्रुलाई सहज, सुरक्षित र भरपर्दो हवाई सेवा प्रदान गरिरहेको दाबी गरेको छ।

उद्धार कार्यमा खटिएका टोलीको आवागमन सहज बनाउन आवश्यक हवाई यात्रा व्यवस्थासमेत मिलाइएको कम्पनीले जनाएको छ।

बुद्ध एयरले विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको सेवामा समर्पित रहँदै उद्धार तथा राहत प्रयासमा आफ्नो तर्फबाट सक्दो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १ : ३७ बजे

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले

बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन विधेयक संशोधन : महिलामन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह