नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री « Khabarhub

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५ टन मानवीय सहायता सामग्री, औषधि तथा खाद्यान्नसहितको राहत सामग्री पठाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका लागि राहत सामग्री बोकेको भारतीय वायुसेनाको दोस्रो विमान उडेको जानकारी दिएका छन्। 

उनका अनुसार विमानमा ३७.५ टन मानवीय सहायता तथा विपद् प्रतिकार्य सामग्री, औषधि र खाद्यान्नका प्याकेट छन्। उक्त सामान बोकेको जहाज काठमाडौंमा अवतरण भएको छ। 

राहत तथा उद्धार सामग्री बोकेको भारतीय वायुसेनाको दोस्रो जहाज बिहीबार काठमाडौं आइपुगेको हो। विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका अनुसार सामग्री हस्तान्तरण गरेपछि जहाज भारत फर्किनेछ।

यसअघि बुधबार राति भारतीय वायुसेनाको जहाज १० टन राहत तथा उद्धार सामग्री लिएर काठमाडौं आएको थियो। भारत सरकारले नेपाल सरकारको आग्रहमा बाढी प्रभावित नागरिकका लागि पहिलो चरणमा मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको थियो।

पहिलो किस्ताको राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका थिए।

विदेशमन्त्री जयशंकरले भारत नेपालका सम्बन्धित सरकारी निकायसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै जारी राहत तथा उद्धार प्रयासमा भारतले बलियो सहयोग जारी राख्ने बताएका छन्।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १ : ३७ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ