रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी « Khabarhub

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण गर्न सेलिब्रिटीहरू सक्रिय भएका छन् ।

सरकारले बाढी पीडितका लागि स्थापन गरेको प्रधानमन्त्री राहत कोषमा पैसा पठाइ उनीहरू राहत कार्यमा सहभागी भएका हुन् । केही कलाकारले पैसा पठाएको भौचर राखी अरुलाई पनि सहयोगको अपिल गरेका छन् ।

केही कलाकारले भने अपिल मात्र गरी राहत कार्यकमा ऐक्यवद्धता जनाएका छन् ।

कलाकार जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले जनही एक-एक लाख सहयोग गरेका छन् ।

त्यस्तै, गायिका एलिना चौहानलै २५ हजार सहयोग गरेकी छन् । त्यस्तै, गायिका रचना रिमालले १ लाख सहयोग गरेकी छन् । मानवीय संवेदनको ख्याल राख्दै उनले आफ्ना सांगीतिक प्रस्तुती दिने कार्यक्रम पनि हाललाई रोकेकी छन् ।

नायिका नीता ढुंगानाले पनि एक लाख सहयोग गरेकी छन् ।

नायक अनमोल केसी, नायिकाहरू केकी अधिकारी, ऋचा शर्मालगायतले प्रधानमन्त्री राहत कोषको बैंक खाताका क्यूआर कोड सेयर गरी सहयोगका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १ : ५५ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ