भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता « Khabarhub

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ६४४ जना पर्यटक तथा यात्रुहरू बेपत्ता भएका छन् । 

नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको स्थिति अद्यावधिक अनुसार बेपत्ता हुनेहरूमा १२७ जना नेपाली नागरिक र ५१७ जना विदेशी पर्यटकहरू रहेका छन् ।

बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका नदी तटीय क्षेत्रहरूमा गम्भीर क्षति पुर्‍याएको छ । पर्यटन बोर्डका अनुसार यी चार जिल्लाका नदी किनारबाहेकका अन्य क्षेत्रहरू भने बाढीबाट प्रभावित भएका छैनन् । 

ट्रेकिङ तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरण अनुसार बेपत्ता भएका ६४४ जनामध्ये सबैभन्दा बढी संख्या भारतीय पर्यटकहरूको रहेको छ, जहाँ १७८ जना भारतीय नागरिकहरू अझै सम्पर्कविहीन छन् ।

भारतबाहेक अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, युकेका ३३, क्यानडाका २५ र सिंगापुरका ९ जना पर्यटक बेपत्ता अवस्थामा रहेका छन् । 

त्यस्तै, रसिया, जर्मनी, लातभिया, दक्षिण अफ्रिका, जापान, न्यूजिल्यान्ड, फ्रान्स, बेल्जियम, इटाली, आइरिस, काजाकिस्तान, नेदरल्यान्ड, पोर्चुगल, बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, सर्बिया लगायत मुलुकका पर्यटक पनि बेपत्ता अवस्थामा रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा रहेका वा यात्रा गरिरहेका पर्यटकहरूको अवस्था पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन क्षेत्रका सरोकारवालाहरू निरन्तर क्रियाशील रहेको पर्यटन बोर्डले जनाएको छ ।

विभिन्न एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायहरूको समन्वयमा प्राप्त विवरणहरूको क्रस-चेक र प्रमाणीकरण गर्ने कार्य भइरहेको बोर्डको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  २ : २१ बजे

बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन विधेयक संशोधन : महिलामन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास