मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू ! « Khabarhub

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति निर्माण गरेपछि सेलिब्रिटीहरूले मनोरञ्जनका कार्यक्रम स्थगित गरेका छन् ।

गाइजात्राको अवसर पारेर सेलिब्रिटीहरूको दुई समूहले भदौ १२ गतेबाट छुट्टा छुट्टै गर्ने तयारी रहेको हाँस्य व्यङ्ग्य प्रहसन कार्यक्रम स्थागित गरिएको छ ।

सांस्कृति संस्थाले बिहीबार विज्ञप्ति जारी गरी गाइजात्रा अन्तर्गत हुने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । यो कार्यक्रम भदौ १२ देखि १५ गतेसम्म जारी रहने बताइएको थियो ।

हाँस्य कलाकार मनोज गजुरेलको समूहले कमलादीस्थित प्रज्ञा भवनमा गर्ने भनेको ‘२०८३ को गाइजात्रा’ पनि स्थगित गरिएको छ ।

यी दुई गाइजात्राका कार्यक्रमा डेढ दर्जनभन्दा बढी कलाकार प्रहसनमा सहभागी हुने तय भएको थियो ।

त्यस्तै, हाँस्य टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को बिहीबार आयोजित पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।

त्यस्तै, गायिका रचना रिमालले बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमार्फत् एक लाख सहयोग गर्दै आफ्ना सांगीतिक कार्यक्रम हाललाई रोकेकी छन् । उनी हाल सांगीतिक प्रस्तुतीका लागि अस्ट्रेलियामा छन् । शुक्रबार उनले सिड्नीमा सांगीतिक प्रस्तुती दिने तय भएको थियो ।

देश नै असहज परिस्थितिमा रहेकाले मनोरञ्जनात्मक गतिविधि हाललाई रोकिएको उनले जानकारी दिएकी छन् । अर्को सूचना सार्वजनिक गरेर कार्यक्रमबारे जानकारी दिने उनले बताएकी छन् ।

त्यस्तै, गायक प्रकाश दूतराजको पनि सांगीतिक प्रस्तुती दिने कार्यक्रम रोकिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  २ : ३१ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ