चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै  « Khabarhub

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमार्टम घर भरिएपछि शवलाई त्रिपाल टाँगेर बाहिरै राखिएको छ ।

हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको भरतपुर अस्पतालका सूचना अधिकारी गाोपालप्रसाद पौडेलले बताए । अस्पतालमा १२ जनासम्म राख्ने क्षमता रहेको र त्यो भरिएको उनले सुनाए । 

‘हाम्रोमा ६ वटा फ्रिजर हो । एउटामा २–२ जना राख्दा १२ जना राख्न मिल्छ,’ उनले थपे, ‘पहिल्यै बेवारिसे शव पनि छन् । यस्तो हताहतमा हामीले धान्न सक्ने क्षमता छैन ।’

गर्मीको मौसममा धेरै समय शव घाममा राख्दा बिग्रने, गन्हाउने समस्या हुन्छ । यसकारण जिल्ला सुरक्षा समितिको बैठकले शव गृहमा नअटेका शव एसीसहितको कोठामा राख्ने तयारी गरेको उनले जानकारी दिए । 

आफन्त वा परिवारले शव प्रहरीमार्फत सनाखत गरेपछि अस्पतालले पोष्टमार्टम गरेर जिम्मा लगाउने उनले बताए ।

भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको एउटा पुरानो भवनमा ‘पीडित परिवार सम्पर्क परामर्श केन्द्र’ (शव पहिचान केन्द्र) स्थापनाको काम अहिले भइरहेको छ । ५ सयसम्म शव राख्न मिल्ने गरी पहिचान केन्द्र तयार भइरहेको चितवनका एसपी रामेश्वर पौडेलले बताए ।  

चितवन क्षेत्रबाट मात्र हालसम्म १ सय ८ वटा शवहरू फेला परेका छन् । ती शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने काम हुँदैछ । 

त्यसपछि, माइनस डिग्री सेल्सियस तापक्रम भएको पहिचान केन्द्रको विशेष कुलिङ हलमा शव राखिने एसपी पौडेलले बताए । 

आफन्त र परिवारका सदस्यले यहाँ राखिएका शव नेपाल प्रहरीको वेबसाइट र सामाजिक सञ्जालमार्फत फोटो हेरेर पहिचान गर्न सक्नेछन् ।

उनकाअनुसार बेपत्ताको खोजीका लागि सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्नेछ । शव पहिचान भएपछि ट्याग नम्बर अनुसार शव गृहबाट निकालेर कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ ।

पीडित परिवारका लागि निःशुल्क होटेल र २४ सै घण्टा एम्बुलेन्स सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीडित परिवारका लागि होटल व्यवसायी संघ चितवन र सौराहाको समन्वयमा निःशुल्क बस्ने व्यवस्था गरिएको छ । 

कुनै समस्या परेमा १०० मा फोन गरेर सहयोग माग्न सकिने एसपी पौडेलले बताए । शव सनाखतपछि घरसम्म लैजान करिब २२ वटा एम्बुलेन्स तयार राखिएका छन् ।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  २ : ४४ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु