मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित « Khabarhub

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो।

नेपालले पहिलो खेलमा मलेसियालाई नौ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको मलेसियाको पारी ४०.१ ओभरमा एक सय ४१ रनमा समेटियो ।

मलेसियाका लागि अकिल वाहिदले १०८ बलमा ६ चौकासहित सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ नेपालका लागि ललितनारायण राजवंशीले तीन, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुई-दुई तथा हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि सेलानगोर क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाएर एक  सय ७० रन बनायो । नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । 

उनले ८६ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ६१ रन बनाए । यस्तै, गुलशनकुमार झाले ६० बलमा चार चौका र तीन छक्कासहित ४५ रन बनाए । सन्दीप लामिछानेले १३ तथा आसिफ शेख र अर्जुन कुमालले समान १०–१० रन जोडे । 

बलिङतर्फ मलेसियाका लागि अकील वाहिदले चार ओभरमा ३६ रन खर्चेर चार विकेट लिए ।

नेपाल र मलेसियाले एसिसी प्रिमियर कपको तयारीस्वरूप अभ्यास खेलमा प्रतिस्पर्धा गरेका हुन् । आसन्न संस्करणको प्रिमियर कप यही भदौ १४ गतेदेखि मलेसियामा आयोजना हुँदैछ । 

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह चरणमा नेपालले बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल यही भदौ १५ गते खेल्ने छ । 

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ३ : १० बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा