विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने « Khabarhub

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न सक्ने भएका छन्। सरकारले विदेशबाट समेत सहज रूपमा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाउँदै नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो।

अर्थ मन्त्रालयका अनुसार विपद्का बेला राहत तथा उद्धार कार्यमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले उक्त पोर्टलमार्फत कोषमा सिधै रकम जम्मा गर्न सक्नेछन्।

सरकारले देश तथा विदेशमा रहेका नागरिकलाई विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गर्दै सहयोग रकम पारदर्शी रूपमा कोषमार्फत परिचालन गरिने जनाएको छ।

कोषमा रकम जम्मा गर्न सरकारले सञ्चालनमा ल्याएको सम्बन्धित अनलाइन पोर्टल प्रयोग गर्न सकिनेछ। पोर्टलमार्फत रकम जम्मा गर्ने प्रक्रिया, आवश्यक विवरण तथा भुक्तानीका विकल्पसम्बन्धी जानकारीसमेत उपलब्ध गराइएको छ।

यो लिंकमा गएर कोषमा रकम जम्मा गर्न सकिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ४ : ११ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न