भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह « Khabarhub

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो विशेष सूचना जारी गर्दै चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोशी नदीका मुहान क्षेत्रका दुई नदी थुनिएर ताल बनेको जनाएको छ।

भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ।

ताल फुट्ने जोखिमसमेत देखिएकाले भोटेकोशी नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्न आग्रह गरिएको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन भनेको छ।

यसका साथै नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

यसअघि चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थलनजिक ठूलो ‘ब्यारियर लेक’ अर्थात् नदी थुनिएर कृत्रिम ताल बनेको जनाएको थियो ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।

पुरेपु त्साङ्पो नदी तिब्बत (चीन) मा बहने एक नदी हो, जुन नेपालको भोटेकोशी–त्रिशूली नदी प्रणालीको प्रमुख सहायक स्रोत का रूपमा छ। यो नदी तिब्बतबाट बहँदै नेपालको रसुवा जिल्ला हुँदै प्रवेश गर्दछ । नेपालमा यसलाई भोटेकोसी (रसुवाको) भनिन्छ।

उता छोचेन खोला नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रमा बग्ने तथा त्रिशूली–भोटेकोशी नदी प्रणालीको एउटा महत्त्वपूर्ण माथिल्लो सहायक नदी हो। यो नदी बुधबार चीन-नेपाल सीमा क्षेत्रमा गएको भीषण पहिरो र प्राकृतिक बाँध (कृत्रिम ताल) निर्माणको प्रमुख श्रोत बनेको छ।

तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ। यसले ताल फुट्ने उच्च जोखिम रहेको चेतावनी चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ५ : ०७ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै