भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन « Khabarhub

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। 

विपद्मा परेका नागरिकको उद्धार तथा सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।

उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी खटिएका छन्।

बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएकाले उद्धार टोलीले हवाई तथा पैदल मार्गबाट खोजी तथा उद्धार कार्य अघि बढाइरहेका छन्। स्थलगत पहुँच कठिन भएका क्षेत्रमा हवाई माध्यमबाट द्रुत उद्धार गरिएको छ।

नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले हालसम्म ६९ पटक उडान भरी जोखिमपूर्ण अवस्थामा फसेका ३५१ जनालाई सुरक्षित स्थानमा उद्धार गरेका छन्।

प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार कार्यलाई निरन्तरता दिएका छन्। 

स्थानीय प्रशासन तथा सुरक्षा निकायले बाँकी प्रभावित क्षेत्रमा समेत खोजी, उद्धार तथा राहत वितरणको कार्यलाई थप तीव्र र व्यवस्थित बनाउँदै लगेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ६ : ५५ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९