लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस् « Khabarhub

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह गरेका छन् ।

लाङटाङ खोला किनारमा १८ जना कामदारहरू अलपत्र अवस्थामा रहेको भन्दै उनीहरूले टेलिफोनमार्फत उद्धारको पहल गर्न आग्रह गरेका हुन् । 

कामदार नरेन्द्र रतोजीले सुरुङ भित्र ४ घण्टासम्म फसेर निकालिएका १ जना कामदार गम्भीर घाइते भएको र टाउको तथा जिउभरि चोटपटक, रक्तस्राव तथा खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको जानकारी दिए  ।

हेलिकप्टर आउँदा रातो कपडा देखाएर संकेत गरिए पनि उद्धार हुन नसकेको र अघिल्लो दिन आश्वासन पाए पनि अझै उद्धार टोली नपुगेको उनले बताए । 

तत्कालका लागि आफूहरूसँग खानको व्यवस्था भएकाले छिटो भन्दा छिटो उद्धारका लागि पहल गर्न उनले आग्रह गरे ।

https://www.facebook.com/reel/1766749497984127

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ७ : २४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली