लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस् « Khabarhub

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह गरेका छन् ।

लाङटाङ खोला किनारमा १८ जना कामदारहरू अलपत्र अवस्थामा रहेको भन्दै उनीहरूले टेलिफोनमार्फत उद्धारको पहल गर्न आग्रह गरेका हुन् । 

कामदार नरेन्द्र रतोजीले सुरुङ भित्र ४ घण्टासम्म फसेर निकालिएका १ जना कामदार गम्भीर घाइते भएको र टाउको तथा जिउभरि चोटपटक, रक्तस्राव तथा खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको जानकारी दिए  ।

हेलिकप्टर आउँदा रातो कपडा देखाएर संकेत गरिए पनि उद्धार हुन नसकेको र अघिल्लो दिन आश्वासन पाए पनि अझै उद्धार टोली नपुगेको उनले बताए । 

तत्कालका लागि आफूहरूसँग खानको व्यवस्था भएकाले छिटो भन्दा छिटो उद्धारका लागि पहल गर्न उनले आग्रह गरे ।

https://www.facebook.com/reel/1766749497984127

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ७ : २४ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९