गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा « Khabarhub

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना परिवारको सम्पर्कमा आएका छन् । भिमाद-६ का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका थिए ।

उनीहरू चारै जना सकुशल रहेका परिवारसँग सम्पर्कमा जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । रसुवाको भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका जिल्लावासीको खोजी गर्ने र अवस्थाबारे बुझ्ने कार्य भइरहेको उनले बताए ।

प्रजिअ तिवारीका अनुसार सम्पर्कविहीन हुनेमा भानु नगरपालिका(१ का सञ्जीव गुरुङ रहेका छन् । गुरुङसहित तीन जना व्यवसायको सिलसिलामा टिमुरेतर्फ गएका थिए । भन्सार कार्यालयमा कार्यरत आँबुखैरेनी गाउँपालिका(३ का प्रेम सेढाईं, रसुवा हाइड्रोपावरमा काम गर्ने ऋषिङ गाउँपालिका(७ का धनबहादुर आले र शुक्लागण्डकी नगरपालिका(१२ जसपुर निवासी बिनु गुरुङ सम्पर्कविहिन रहेका बताए ।

तिवारीले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्र र आसपासमा पुगेका तनहुँमध्ये हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नरहेका व्यक्तिबारे तत्काल जानकारी गराउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा सञ्चारमाध्यममार्फत तत्काल खबर गर्न अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तिवारीले विपद्को यस कठिन अवस्थामा सबैले आ(आफ्नो भूमिका र जिम्मेवारीअनुसार खोजी, उद्धार तथा राहत कार्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ८ : ४४ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज