वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष « Khabarhub

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

उक्त सहायता कक्षमा रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीबाट घाइते भई उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन तथा अझै सम्पर्कमा नआएका व्यक्तिका आफन्तले विवरण टिपाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालनमा ल्याएको सहायता कक्षमा घाइतेका आफन्तजन पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । सहायता कक्षमा आफन्तजनको भीडसमेत लागेको छ ।

बाढीमा परी घाइते भएका तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिका आफन्तले सहायता कक्षमा नाम तथा विवरण टिपाइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

उनले भने, “सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको छ । त्यहाँ टिपाइएको नामको आधारमा हामीले खोज तथा उद्धार टोलीलाई जानकारी दिनेछौँ ।”

बाढीमा परी घाइते भई उद्धार गरेर काठमाडौँ ल्याइएकामध्ये १८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र पाँच जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ८ : ५२ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज