सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर « Khabarhub

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा तामाङलाई दोषी ठहर गरेको हो। यससँगै अदालतले सजाय निर्धारणका लागि भदौ २५ गतेलाई पेसी तोकेको छ।

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको हो।

‘मुलुकी ऐन ठगीको महल १ मा परिभाषित एवं निषेधित र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) ले निषेधित उपदफा (२) को कसुर गरेको ठहर्छ’, आदेशमा भनिएको छ, ‘सजाय निर्धारण सम्बन्धमा प्रस्तुत मुद्दामा छिट्टै सुनुवाइ गर्नु पर्ने देखिँदा सो प्रयोजनका लागि दुवै पक्षको सजाय पूर्वको प्रतिवेदन लिई २०८३ भदौ २५ को पेसी तारेख तोक्नू।’

अब उनीहरूलाई कति सजाय हुने भन्ने भदौ २५ गतेको सुनुवाइबाट टुंगो लाग्नेछ। सबै प्रतिवादीले संगठित अपराधसम्बन्धी कसूरमा भने सफाइ पाएका छन्।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ९ : २६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४