सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर « Khabarhub

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा तामाङलाई दोषी ठहर गरेको हो। यससँगै अदालतले सजाय निर्धारणका लागि भदौ २५ गतेलाई पेसी तोकेको छ।

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको हो।

‘मुलुकी ऐन ठगीको महल १ मा परिभाषित एवं निषेधित र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) ले निषेधित उपदफा (२) को कसुर गरेको ठहर्छ’, आदेशमा भनिएको छ, ‘सजाय निर्धारण सम्बन्धमा प्रस्तुत मुद्दामा छिट्टै सुनुवाइ गर्नु पर्ने देखिँदा सो प्रयोजनका लागि दुवै पक्षको सजाय पूर्वको प्रतिवेदन लिई २०८३ भदौ २५ को पेसी तारेख तोक्नू।’

अब उनीहरूलाई कति सजाय हुने भन्ने भदौ २५ गतेको सुनुवाइबाट टुंगो लाग्नेछ। सबै प्रतिवादीले संगठित अपराधसम्बन्धी कसूरमा भने सफाइ पाएका छन्।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ९ : २६ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै