काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।
बिहीवार इप्पान अध्यक्ष मोहनकुमार डाँगीले बाढीले सबस्टेसनसमेत प्रभावित भएपछि विद्युत प्रणालीबाट ४३१ मेगावाट विद्युत ग्रिडबाहिर गएको बताए।
उनका अनुसार निजी क्षेत्रका मात्रै नौ जलविद्युत आयोजनामा क्षति पुगेको छ। जसमध्ये सञ्चालनमा रहेका चार आयोजनाको १५८ मेगावाट र निर्माणाधीन पाँच आयोजनाको ३४२ मेगावाट क्षमता रहेको छ।
उनले भीषण बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएको बताए।
उनले निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनामा कार्यरत ३३८ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएको बताए।
अन्य २१२ जना विभिन्न जलविद्युत आयोजनाभित्र उद्धारको पर्खामा रहेको समेत अध्यक्ष डाँगीले बताए। उनकाअनुसार एण्डिज हाइड्रोमा कार्यरत ७६ जना, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टका ११ जना तथा सोही आयोजनामा कार्यरत आठ जना कोरियाली नागरिक सम्पर्कविहीन सम्पर्कविहीन भएका छन्।
त्यस्तै, जेट कन्सर्ट लामा जीबीआरएसका सात जना र रसुवागढी क्षेत्रमा ५४ जना मानिस सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको उनले बताए। उनले २०८३ साल माघ १० नेपालको ऊर्जा क्षेत्रको इतिहासमा ‘कालो दिन’का रूपमा रेकर्ड भएको समेत बताए।
इप्पानले आर्थिक क्षतिको विवरण संकलनभन्दा मानवीय क्षति न्यूनीकरण तथा सम्पर्कविहीन कर्मचारी र कामदारको खोजी तथा उद्धारलाई प्राथमिकता दिएको उनको भनाइ छ।












प्रतिक्रिया