चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि « Khabarhub

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल १३५ वटा शवहरू संकलन भएका छन् ।

तीमध्ये पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठान हलमा स्थापना गरिएको अस्थायी पहिचान कक्षमा शवहरू ल्याइएको छ ।

चितवनका एसपी रामेश्वर पौडेलका अनुसार शवलाई व्यवस्थित रूपमा राख्न ७ वटा डेकर बनाइएको छ । शवको सुरक्षाका लागि रातिको समयमा सुरक्षाकर्मी खटिनेछन् ।

शव माइनस डिग्रीको तापक्रम कायम गरेर राखिनेछ । चिकित्सकहरूले शवहरूलाई सफा गरी महिला, पुरुष र उमेर छुट्टाएर स्पष्ट फोटोहरू खिचेका छन् ।

यी फोटोहरू भोलि बिहान ७:०० बजेदेखि सोही उद्योग संघको ठूलो हलभित्र राखिने एसपी पौडेलले जानकारी दिए ।

शव पहिचानका लागि आउने पीडित परिवारका लागि चितवन प्रशासनले निःशुल्क होटलमा बस्ने व्यवस्था समेत मिलाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १० : २० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४