चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि « Khabarhub

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल १३५ वटा शवहरू संकलन भएका छन् ।

तीमध्ये पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठान हलमा स्थापना गरिएको अस्थायी पहिचान कक्षमा शवहरू ल्याइएको छ ।

चितवनका एसपी रामेश्वर पौडेलका अनुसार शवलाई व्यवस्थित रूपमा राख्न ७ वटा डेकर बनाइएको छ । शवको सुरक्षाका लागि रातिको समयमा सुरक्षाकर्मी खटिनेछन् ।

शव माइनस डिग्रीको तापक्रम कायम गरेर राखिनेछ । चिकित्सकहरूले शवहरूलाई सफा गरी महिला, पुरुष र उमेर छुट्टाएर स्पष्ट फोटोहरू खिचेका छन् ।

यी फोटोहरू भोलि बिहान ७:०० बजेदेखि सोही उद्योग संघको ठूलो हलभित्र राखिने एसपी पौडेलले जानकारी दिए ।

शव पहिचानका लागि आउने पीडित परिवारका लागि चितवन प्रशासनले निःशुल्क होटलमा बस्ने व्यवस्था समेत मिलाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १० : २० बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र