बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त « Khabarhub

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो तथा आकस्मिक बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति समवेदना व्यक्त गरेका हुन् ।

उनले विपत्तिका कारण ज्यान गुमाएका व्यक्तिका परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्न आग्रह गरेका छन् । साथै, विपत्तिबाट प्रभावित सबैको शीघ्र पुनःस्थापनाको कामना गरेका छन् ।

पुटिनले रुस नेपाली जनताको दुःखमा साथमा रहेको उल्लेख गरेका छन् ।

रुसका राष्ट्रपति पुटिनले पठाएको सन्देशमा भनिएको छ, ‘तपाईंको देशका उत्तरी जिल्लाहरूमा पहिरो तथा आकस्मिक बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति म गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेपालका उत्तरी जिल्लामा पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विशेषगरी रसुवा क्षेत्रमा आएको भीषण बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ भने ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् ।

राष्ट्रपति पुटिनले विपत्तिबाट प्रभावित नेपाली नागरिकको शीघ्र उद्धार, पुनःस्थापना र सामान्य जनजीवनमा फर्किने कामना गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १० : ५३ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी