बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त « Khabarhub

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो तथा आकस्मिक बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति समवेदना व्यक्त गरेका हुन् ।

उनले विपत्तिका कारण ज्यान गुमाएका व्यक्तिका परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्न आग्रह गरेका छन् । साथै, विपत्तिबाट प्रभावित सबैको शीघ्र पुनःस्थापनाको कामना गरेका छन् ।

पुटिनले रुस नेपाली जनताको दुःखमा साथमा रहेको उल्लेख गरेका छन् ।

रुसका राष्ट्रपति पुटिनले पठाएको सन्देशमा भनिएको छ, ‘तपाईंको देशका उत्तरी जिल्लाहरूमा पहिरो तथा आकस्मिक बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति म गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेपालका उत्तरी जिल्लामा पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विशेषगरी रसुवा क्षेत्रमा आएको भीषण बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ भने ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् ।

राष्ट्रपति पुटिनले विपत्तिबाट प्रभावित नेपाली नागरिकको शीघ्र उद्धार, पुनःस्थापना र सामान्य जनजीवनमा फर्किने कामना गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १० : ५३ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना