फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता « Khabarhub

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान चौथो दिन पनि उत्साहजनक रहेको छ। शनिबार साँझ ६:०५ बजे १५६ यात्रु लिएर पोखरा अवतरण गरेको जहाजले फर्किँदा ८३ यात्रु बोकेर दुबई प्रस्थान गरेको छ।

विमानस्थल कार्यालयका अनुसार यसअघि बिहीबार दुबईबाट १२२ यात्रु पोखरा ओर्लिएका थिए भने पोखराबाट १४३ यात्रु दुबई गएका थिए। शुक्रबार मौसम प्रतिकूल बनेका कारण उडान रद्द भए पनि बुधबार पहिलो उडानमा ११३ यात्रु पोखरा आएका र १५२ यात्रु दुबईतर्फ उडेका थिए।

नियमित व्यावसायिक उडान सुरु भएसँगै पर्यटन व्यवसायीहरू निकै उत्साहित छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले सुरुआती चरणको यात्रु चापले सकारात्मक सन्देश दिएको बताएका छन्। उडानलाई प्रभावकारी बनाउन स्थानीय होटल तथा रेस्टुरेन्टहरूले यात्रु लक्षित विशेष छुट योजनासमेत ल्याएका छन्।

फ्लाइ दुबईले १६५ सीट क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजमार्फत दैनिक साँझ ६:१५ मा अवतरण र ७:१५ मा प्रस्थानको तालिकाअनुसार सेवा दिइरहेको छ। सरकारले विमानस्थलमा आकर्षण बढाउन २०८५ भदौसम्म ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट प्रदान गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ७ : ०९ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन कुन सडक बन्द छन् ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व