फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता « Khabarhub

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान चौथो दिन पनि उत्साहजनक रहेको छ। शनिबार साँझ ६:०५ बजे १५६ यात्रु लिएर पोखरा अवतरण गरेको जहाजले फर्किँदा ८३ यात्रु बोकेर दुबई प्रस्थान गरेको छ।

विमानस्थल कार्यालयका अनुसार यसअघि बिहीबार दुबईबाट १२२ यात्रु पोखरा ओर्लिएका थिए भने पोखराबाट १४३ यात्रु दुबई गएका थिए। शुक्रबार मौसम प्रतिकूल बनेका कारण उडान रद्द भए पनि बुधबार पहिलो उडानमा ११३ यात्रु पोखरा आएका र १५२ यात्रु दुबईतर्फ उडेका थिए।

नियमित व्यावसायिक उडान सुरु भएसँगै पर्यटन व्यवसायीहरू निकै उत्साहित छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले सुरुआती चरणको यात्रु चापले सकारात्मक सन्देश दिएको बताएका छन्। उडानलाई प्रभावकारी बनाउन स्थानीय होटल तथा रेस्टुरेन्टहरूले यात्रु लक्षित विशेष छुट योजनासमेत ल्याएका छन्।

फ्लाइ दुबईले १६५ सीट क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजमार्फत दैनिक साँझ ६:१५ मा अवतरण र ७:१५ मा प्रस्थानको तालिकाअनुसार सेवा दिइरहेको छ। सरकारले विमानस्थलमा आकर्षण बढाउन २०८५ भदौसम्म ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट प्रदान गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ७ : ०९ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले