बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन « Khabarhub

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ स्थानीय तहमा सर्वसम्मत र एकमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।

जिल्लाका ८५ वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् सबै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन भएको नेपाली कांग्रेसका सचिव हरिहर शर्माले जानकारी दिए ।

बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापतिमा काशिराम आचार्य चयन सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी, गलकोट नगरपालिकामा हिमबहादुर भण्डारी सभापतिमा निर्वाचित भएका छन् । उनले १७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गरे ।

ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिका सभापतिमा मोतिराम गौतम, काठेखोला गाउँपालिका सभापतिमा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिका सभापतिमा रणबहादुर भुजेल, निसीखोला गाउँपालिका सभापतिमा खिमबहादुर कार्की र तमानखोला गाउँपालिका सभापतिमा झकबहादुर बुढा चयन भएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ७ : २२ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित