मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा « Khabarhub

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ ।

नासो गाउँपालिका–१ स्थित तालगाउँ नदीको बहावमा अवरोध आएपछि जलमग्न भएको स्थानीय प्रहरी जवान सुरेश विकले जानकारी दिए । २०७८ सालको बाढीले क्षति पुर्‍याएको उक्त गाउँको पुनर्निर्माण केही समयअघि मात्रै सम्पन्न भएको थियो । तर, अहिले फेरि बाढीका कारण गाउँ डुबानमा परेको हो ।

बाढी र पहिरोका कारण तालगाउँबाट बाहिरिने उत्तर र दक्षिणतर्फका सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक सम्पर्क विच्छेद भएपछि स्थानीयवासी गाउँमै थुनिएका छन् ।

गाउँ चारैतिरबाट घेरिएपछि तालगाउँका स्थानीयवासी सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसिरहेका छन् । बाढीका कारण विद्युत् र इन्टरनेट सेवा समेत अवरुद्ध भएको बताइएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा टेलिफोन सम्पर्कसमेत प्रभावित भएकाले ताल क्षेत्रभन्दा माथिको वास्तविक अवस्थाबारे जानकारी लिन कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।

यसैबीच, मर्स्याङ्दी नदीको बहाव अझै बढिरहेको र नदीको प्राकृतिक बहावमा समेत अवरोध देखिएको बताइएको छ । त्यसैले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रशासन तथा सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : ३१ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो