पर्वत - कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका ५ वटा घर बगाएको छ भने दर्जनौँ घर डुबान र उच्च जोखिममा परेका छन्।
गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार बाढीको जोखिममा परेका बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विशेष गरी फर्से र लामाखेत क्षेत्रका प्रभावितहरूलाई तत्काल राहत तथा सहयोगको खाँचो रहेको छ।
गएरातिदेखि कालीगण्डकी नदीमा जलसतह अत्यधिक बढेपछि पर्वत, म्याग्दी र बागलुङका तटीय क्षेत्रमा कटान सुरु भएको छ। नदीको कटान र बढ्दो जलसतहका कारण तटीय क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ। स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।















प्रतिक्रिया