कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो « Khabarhub

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका ५ वटा घर बगाएको छ भने दर्जनौँ घर डुबान र उच्च जोखिममा परेका छन्।

गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार बाढीको जोखिममा परेका बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विशेष गरी फर्से र लामाखेत क्षेत्रका प्रभावितहरूलाई तत्काल राहत तथा सहयोगको खाँचो रहेको छ।

गएरातिदेखि कालीगण्डकी नदीमा जलसतह अत्यधिक बढेपछि पर्वत, म्याग्दी र बागलुङका तटीय क्षेत्रमा कटान सुरु भएको छ। नदीको कटान र बढ्दो जलसतहका कारण तटीय क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ। स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : ०२ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्