सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू) « Khabarhub

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । 

यस अवधिलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ।वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयाग तथा अन्य शुभ कार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झने गरिन्छ । 

सोह्र श्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास छ।काठमाडौंको पशुपतिनाथ क्षेत्रलगायत विभिन्न मन्दिर तथा नदी किनारमा सोह्र श्राद्ध गर्ने गरिन्छ। 

तर, केही दिनदेखि लगातार परेको वर्षाका कारण यस वर्ष पशुपति क्षेत्रमा अघिल्ला वर्षजस्तो श्राद्ध गर्नेहरूको भीड देखिएको छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ११ : २२ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री