सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू) « Khabarhub

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । 

यस अवधिलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ।वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयाग तथा अन्य शुभ कार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झने गरिन्छ । 

सोह्र श्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास छ।काठमाडौंको पशुपतिनाथ क्षेत्रलगायत विभिन्न मन्दिर तथा नदी किनारमा सोह्र श्राद्ध गर्ने गरिन्छ। 

तर, केही दिनदेखि लगातार परेको वर्षाका कारण यस वर्ष पशुपति क्षेत्रमा अघिल्ला वर्षजस्तो श्राद्ध गर्नेहरूको भीड देखिएको छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ११ : २२ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा