दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन् ।

प्रहरीका अनुसार करिब आठ जना बन्दुकधारीले आक्रमण गरेका थिए । उनीहरूले बारमा रहेका केही ग्राहकको तलासी लिएर मोबाइल फोनसमेत लगेपछि दुई वटा पहिचान नखुलेका सवारीसाधनमा फरार भएका थिए । घटना स्थानीय समयअनुसार शनिबार राति करिब ७ः३० बजे भएको बताइएको छ ।

प्रहरीले आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट नभएको जनाएको छ। फरार हुनुअघि संदिग्धहरूले दुई वटा सवारीसाधनमा आगजनी गरेको प्रहरीले बताएको छ । घटनामा संलग्नहरूलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको छ ।

यसैबीच, केप टाउनबाहिरको एक टाउनसिपस्थित मनोरञ्जनस्थलमा आइतबार बिहान भएको अर्को गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दक्षिण अफ्रिकामा कानुनी तथा अवैध दुवै प्रकारका हतियारको व्यापक प्रयोग हुने गरेको छ । त्यहाँ गिरोहबीचको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेका छन् ।

करिब ६ करोड २० लाख जनसंख्या रहेको दक्षिण अफ्रिकामा विश्वकै उच्च हत्या दरमध्ये एक रहेको छ । देशमा दैनिक औसत करिब ६० जनाको हत्या हुने गरेको तथ्यांक उद्धृत गरिएको छ । 

यसै वर्षको मार्चमा जोहान्सबर्गका हिंसाग्रस्त क्षेत्रमा अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको थियो । राष्ट्रपति सिरिल रामाफोसाले बढ्दो अपराधलाई देशका प्रमुख चुनौतीमध्ये एकका रूपमा वर्णन गरेका छन् । रासस 

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १ : ०७ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही