काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र पठाइएको प्रहरीले जनाएको छ ।
कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित स्थानमा पठाइएको जानकारी दिए। उनका अनुसार जबराले भनेकै स्थानमा उनलाई कार्यालयबाट पठाइएको हो ।
‘उहाँले भनेकै स्थानमा यहाँबाट पठाइयो,’ एसएसपी खड्काले भने ।
जबरालाई कहाँ पठाइएको हो भन्ने प्रश्नमा खड्काले सुरक्षाका कारण स्थान खुलाउन नमिल्ने बताए ।
यसअघि जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगेको थियो ।
आयोग सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली करिब ४५ मिनेट गेटमै कुर्दा पनि प्रवेशको अनुमति नपाएपछि जबरालाई नभेटी फर्किएको थियो ।














प्रतिक्रिया