चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’ « Khabarhub

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र पठाइएको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित स्थानमा पठाइएको जानकारी दिए। उनका अनुसार जबराले भनेकै स्थानमा उनलाई कार्यालयबाट पठाइएको हो ।

‘उहाँले भनेकै स्थानमा यहाँबाट पठाइयो,’ एसएसपी खड्काले भने ।

जबरालाई कहाँ पठाइएको हो भन्ने प्रश्नमा खड्काले सुरक्षाका कारण स्थान खुलाउन नमिल्ने बताए ।

यसअघि जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगेको थियो । 

आयोग सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली करिब ४५ मिनेट गेटमै कुर्दा पनि प्रवेशको अनुमति नपाएपछि जबरालाई नभेटी फर्किएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  २ : ०२ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर