ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत « Khabarhub

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढेको छ। यो युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रमध्ये सबैभन्दा उच्च वृद्धि हो ।

युरोस्टाटका अनुसार अगस्टमा ईयूभर व्यावसायिक उडानको औसत वृद्धि २.३ प्रतिशत थियो । स्लोभाकियापछि माल्टामा १२.४ प्रतिशत र इस्टोनियामा ८.३ प्रतिशत वृद्धि भएको थियो। आठ ईयू सदस्य राष्ट्रमा भने उडान संख्या घटेको छ ।

स्लोभाकियाको यातायात मन्त्रालयले उडान वृद्धि हुनुमा ब्राटिस्लाभा–कोसिसे आन्तरिक हवाई सेवा पुनः सञ्चालनलाई प्रमुख कारण मानेको छ । सात वर्ष बन्द रहेको उक्त सेवा गत वर्ष पुनः सञ्चालनमा आएको हो र हाल विज एयरले दैनिक उडान गर्दै आएको छ ।

मन्त्रालयका अनुसार उक्त हवाई सेवाले यात्रु आवागमन बढाउनुका साथै दुवै विमानस्थलमा नयाँ सेवा र थप गन्तव्य विस्तार गर्न सहयोग गरेको छ । रासस

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  २ : ३१ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी