ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत « Khabarhub

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढेको छ। यो युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रमध्ये सबैभन्दा उच्च वृद्धि हो ।

युरोस्टाटका अनुसार अगस्टमा ईयूभर व्यावसायिक उडानको औसत वृद्धि २.३ प्रतिशत थियो । स्लोभाकियापछि माल्टामा १२.४ प्रतिशत र इस्टोनियामा ८.३ प्रतिशत वृद्धि भएको थियो। आठ ईयू सदस्य राष्ट्रमा भने उडान संख्या घटेको छ ।

स्लोभाकियाको यातायात मन्त्रालयले उडान वृद्धि हुनुमा ब्राटिस्लाभा–कोसिसे आन्तरिक हवाई सेवा पुनः सञ्चालनलाई प्रमुख कारण मानेको छ । सात वर्ष बन्द रहेको उक्त सेवा गत वर्ष पुनः सञ्चालनमा आएको हो र हाल विज एयरले दैनिक उडान गर्दै आएको छ ।

मन्त्रालयका अनुसार उक्त हवाई सेवाले यात्रु आवागमन बढाउनुका साथै दुवै विमानस्थलमा नयाँ सेवा र थप गन्तव्य विस्तार गर्न सहयोग गरेको छ । रासस

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  २ : ३१ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)