गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार « Khabarhub

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । 

अन्नपूूर्ण गाउँपालिका-३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरे । 

आजै बेनी नगरपालिका-३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी ३५ वर्षीयाा कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । आज पहिरोमा परी म्याग्दीका तीन जनाको मृत्यु भएको छ । 

मालिका गाउँपालिका-३ औँलामा पहिरोमा पुरिएकाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । 

यसैबीच सडक र पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूूर्णका पहिरो प्रभावित ठाउँमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्रीसहित सुरक्षाकर्मी टोली पठाउन लागिएको उनले बताए । 

अन्नपूूर्ण गाउँपालिका-३ दानाको ज्ञानप्रकाश माविका शिक्षक बाबुुराम पौडेलका अनुसार फगाममा गङ्गाबहादुर पाइजाको घर पहिरोले पुरिएको छ । 

बिहीबारदेखिको निरन्तरको झरीका कारण म्याग्दीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा पनि प्रभावित हुँदा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ । 
 

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : २४ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण