गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार « Khabarhub

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । 

अन्नपूूर्ण गाउँपालिका-३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरे । 

आजै बेनी नगरपालिका-३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी ३५ वर्षीयाा कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । आज पहिरोमा परी म्याग्दीका तीन जनाको मृत्यु भएको छ । 

मालिका गाउँपालिका-३ औँलामा पहिरोमा पुरिएकाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । 

यसैबीच सडक र पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूूर्णका पहिरो प्रभावित ठाउँमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्रीसहित सुरक्षाकर्मी टोली पठाउन लागिएको उनले बताए । 

अन्नपूूर्ण गाउँपालिका-३ दानाको ज्ञानप्रकाश माविका शिक्षक बाबुुराम पौडेलका अनुसार फगाममा गङ्गाबहादुर पाइजाको घर पहिरोले पुरिएको छ । 

बिहीबारदेखिको निरन्तरको झरीका कारण म्याग्दीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा पनि प्रभावित हुँदा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ । 
 

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : २४ बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको