बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ « Khabarhub

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती दिनमा दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ । 

लगातारको झरीका बीच पनि फिल्मले देशभरका हलमा दर्शक तान्न सफल भएको र शनिबार अधिकांश शोमा उपस्थिति शुक्रबारभन्दा राम्रो देखिएको निर्माण पक्षको दाबी छ । यद्यपि, फिल्मको आधिकारिक कमाइ भने सार्वजनिक गरिएको छैन ।

निर्देशक हरि लम्सालका अनुसार फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विशेषगरी फिल्मले उठाएको बुवाको त्याग, संघर्ष र सन्तानप्रतिको जिम्मेवारीको कथाले दर्शकलाई छोएको उनको भनाइ छ ।

‘बाः एक योद्धा’ले सन्तानको भविष्य बनाउन बुवाआमाले गर्ने संघर्षदेखि उनीहरू वृद्ध हुँदै जाँदा भोग्नुपर्ने एक्लोपन र पीडासम्मका विषयलाई कथामा समेटेको छ । 

आफ्ना इच्छा र अधिकारका कुरा गरिरहँदा सन्तानले अभिभावकप्रतिको जिम्मेवारी बिर्सन नहुने सन्देश फिल्मले दिन खोजेको निर्देशक लम्साल बताउँछन् ।

फिल्म हेरेका केही अभिभावकले आफ्ना सन्तानलाई पनि फिल्म देखाउनुपर्ने प्रतिक्रिया दिएको निर्देशकको भनाइ छ । उनका अनुसार पारिवारिक सम्बन्ध र अभिभावकप्रतिको दायित्व सम्झाउने भएकाले फिल्मले दर्शकमा भावनात्मक प्रभाव पारिरहेको छ ।

हरि लम्सालकै लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय छ । 

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता वसन्त लम्साल र कार्यकारी निर्माता अनिल बुढाथोकी हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : २८ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि