‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा « Khabarhub

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ प्रदर्शनअघि नै सामाजिक कारणले चर्चामा आएको छ । 

नेपाल, भुटान र भारतको सहकार्यमा बनेको फिल्मका निर्माता तथा कलाकारले गृहमन्त्री सुधन गुरुङसँग भेट गरेका छन् ।

भेटका क्रममा गृहमन्त्री गुरुङले तीन देशबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई फिल्मले प्रतिनिधित्व गरेको भन्दै निर्माण टोलीलाई बधाई दिए । 

उनले फिल्मको कथालाई पछिल्लो समय भोटेकोशीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको घटनासँग समेत जोड्दै कठिन परिस्थितिमा बाँच्नका लागि गरिने संघर्षको महत्वबारे चर्चा गरे ।

फिल्मका निर्माता तथा मुख्य कलाकार सांगे सेल्ट्रिमले भने फिल्मको ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । 

नेपालमा आएको विनाशकारी बाढीबाट आफूहरू पनि दुःखी भएको भन्दै उनले व्यक्तिगत र फिल्मको तर्फबाट सहयोग गर्न लागेको बताएका छन् ।

भुटानी कलाकारसमेत रहेका सांगेको फिल्ममा ५० प्रतिशत सेयर रहेको जनाइएको छ । नेपालको तर्फबाट प्रदीप खड्का क्रिएटिभ निर्माता तथा निर्वाण चौधरी निर्माण सहकार्यमा जोडिएका छन् ।

सांगे सेल्ट्रिम, अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका रहेको फिल्मलाई सांगे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन् । फिल्मले हिमाली क्षेत्र, सुरुङभित्रको संकट र जीवनका लागि गरिने संघर्षलाई कथाको केन्द्रमा राखेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : ३२ बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको