सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो « Khabarhub

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ । 

स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो । 

चार दिनदेखि निरन्तर रुपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका-५ तर्फको बजारका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । 

त्यस्तै, पर्वततर्फका नौ घरमा क्षति पुगेको गल्याङ-५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए । 

‘स्याङ्जातर्फका १७ घरमा बाढी पस्दा घरहरू भत्किनुका साथै डुबानमा परेका छन्’, उनले भने, ‘गएराति २  बजेतिरदेखि नदी तथा खोलामा बहाव बढेसँगै स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम मावि परिसरमा राखिएको छ ।’ 

विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितलाई तत्काल खानपान तथा आश्रयको व्यवस्थापन मिलाइएको उनले बताए  । बाढीका कारण मानवीय क्षति नभए पनि केही पशुचौपाया भने नदीले बगाएर लगेको उनको भनाइ छ । 

बजार डुबानमा परेपछि अहिले त्यहाँको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण विश्व विराट शालिग्राम शीला डुबानमा परेको छ । 

कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाका सबै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको छ । 

नदीमा आएको बाढीले आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको थियो । 

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ५ : ५७ बजे

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण