मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह « Khabarhub

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आज साँझदेखि प्रहरीले माइकिङ गर्न थालेको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार साँझ करिब ७ः०० बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी मर्स्याङ्दी नदी आसपासका बस्तीमा माइकिङ गर्ने काम भइरहेको छ । खुदी, भकुण्डे, पाउदीलगायत नदी आसपासका बस्तीका स्थानीयवासीलाई घरमा नबस्न तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए ।

प्रजिअ खनालका अनुसार अहिले मर्स्याङ्दी नदीको पानीको बहाव केही कम भए पनि मनाङतर्फ घट्टे खोलामा पहिरो झर्नेक्रम जारी छ । पहिरोका कारण खोला थुनिएर एक्कासी ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम रहेकाले सावधानी अपनाइएको हो ।

“अहिले पानीको बहाव केही कम भएको छ । तर माथिल्लो क्षेत्रमा घट्टे खोलामा पहिरो झरिरहेको छ । कुनै पनि बेला खोला थुनिन सक्छ र थुनिएर ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम छ”, प्रजिअ खनालले भने ।

उनका अनुसार पाउदीलगायत केही स्थानमा यसअघि नै बाढीको प्रभाव देखिएको छ । तत्काल ठूलो समस्या नदेखिए पनि घट्टेखोला थुनिएर पानी एक्कासी आएमा जोखिम अझ बढ्नसक्ने भएकाले नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए ।

यसैगरी, जोखिमलाई ध्यानमा राख्दै ७० मेगावाटको मध्य मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनालाई गेट खोलेर पानी निकास गर्न र विद्युत् उत्पादन बन्द गर्न आग्रह गरिएको प्रजिअ खनालले बताए । सोहीअनुसार पानीको निकास भइरहेको बताए । विभिन्न निर्माणाधीन आयोजनामा रहेकालाई आयोजना छाडेर अन्यत्र बस्न लगाइएको उनले बताए । नदी आसपासका बस्तीका स्थानीयवासीलाई नदी किनार तथा आसपासका क्षेत्रमा नजान र सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : २३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम