बाढीले उजाडियो पर्वतको फर्से बजार « Khabarhub

बाढीले उजाडियो पर्वतको फर्से बजार


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजार क्षणभरमै उजाड बनेको छ । निरन्तरको वर्षापछि आज बिहान आएको बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन् । यस्तै, २५ घर उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

“फर्सेको पुरानो बजारका अधिकांश कच्ची घर बाढीले बगाएको छ”, उनले भने, “बचेका घर पनि बस्न मिल्ने अवस्थामा छैनन् । बाढीले नदीकिनारको बस्ती नै उजाडेको छ ।” बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको अध्यक्ष आचार्यले बताए ।

बाढीले घर बगाएपछि विस्थापित बनेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । विस्थापितमध्ये केही परिवारलाई नजिकका आफन्त कहाँ आश्रयको व्यवस्था मिलाइएको छ । गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी दिनेश पौडेलले बाढीबाट विस्थापित परिवारका लागि तत्काललाई ‘होल्डिङ सेन्टर’मा राखिएको बताउनुभयो । सोमबारदेखि राहत तथा पुनःस्थापनाको काम सुरु हुने उनको भनाइ छ ।

बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । पोखरा–बागलुङ हुँदै मुस्ताङ जाने सडकमा पनि क्षति पुगेको उनले बताए । सडक कटान भएपछि सो खण्ड हुँदै पोखरा जाने यातायातका साधन सञ्चालन हुनसकेका छैनन् ।

नजिकैको लस्ती बजार पनि बाढीले जोखिममा परेको गाउँपालिकाले जनाएको छ । बाढीको कटानबाट खेत, सडक, पुल, खानेपानी आदिमा क्षति पुगेको छ । पर्वतमा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : ५५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र