व्यवसायीको निधनले शोकमा वालिङ « Khabarhub

व्यवसायीको निधनले शोकमा वालिङ


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा डुबेको छ । स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरुको सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो ।

वालिङ– १० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उनकी धर्मपत्नी निता बगाले, वालिङ–१० का होटल व्यवसायी शिव पराजुली, वालिङ–१० का अर्का होटल व्यवसायी लोकनाथ पाण्डेको निधनले वालिङ शोकमा डुबेको हो ।

एउटै ठाउँका व्यवसायीहरुलाई अकस्मात् गुमाउनुपर्दा निक्कै पीडाबोध भएको वालिङ नगरउपप्रमुख कविता तिवारी गैरेले बताइन् । दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चार जना वालिङ–१० मा बसेर व्यवसाय गर्दै आएका व्यवसायीहरु गुमाउनुको पीडाले आफन्त तथा स्थानीयहरु चिन्तित छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा सोमबार गण्डकी बिएए ०२२० नम्बरको स्कार्पियो सडकबाट झण्डै २५० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घाइते तीन जनाको अहिले पाल्पा र पोखराका अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १० : ०१ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा