‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने « Khabarhub

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र र भावनालाई फेरि पर्दामा ल्याउने तयारी गरिएको छ ।

फिल्मको सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन भारतको सिक्किमस्थित सुन्दर युमथाङ उपत्यकाबाट सुरु भएको छ । निर्देशक नवीन चौहानले स्थानीय लामा गुरुहरूको मन्त्र उच्चारणसहित शुभमुहूर्त गरेर फिल्मको छायांकन थालनी गरेका हुन् ।

सिक्वेलको पहिलो दिन भारतीय अभिनेता, लेखक, गायक तथा नाटककार पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएको निर्देशक चौहानले जानकारी दिएका छन् । पीयूष मिश्राको प्रवेशले फिल्मप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ ।

‘ऊनको स्वीटर’ले निर्माण गरेको भावनात्मक सम्बन्धलाई नयाँ कथामार्फत अघि बढाउने उद्देश्यसहित सिक्वेल बनाउन लागिएको निर्देशक चौहानले बताएका छन् ।

उनका अनुसार काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथालाई निरन्तरता दिँदै नयाँ फिल्ममा प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गरिनेछ ।

‘केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,’ निर्देशक चौहानको भनाइले पनि सिक्वेलले अघिल्लो फिल्मसँगको भावनात्मक सम्बन्धलाई कसरी अगाडि बढाउँछ भन्ने उत्सुकता जगाएको छ।

आर्टमाण्डुको निर्माणमा बन्ने फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले नै गर्दैछन्। फिल्ममा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई तथा रुश्मा राईलगायत कलाकारको अभिनय रहनेछ।

नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन गरिने फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। अब दर्शकको चासो अघिल्लो फिल्मका प्रिय पात्रहरूको कथा कुन मोडमा पुग्छ र नयाँ परिवेशले त्यसमा कस्तो भावनात्मक गहिराइ थप्छ भन्नेमा रहनेछ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १ : ४९ बजे

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल