गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप « Khabarhub

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार जारी राखेको आरोप लगाएको छ । आयोगले इजरायली अधिकारी र सेनामाथि युद्ध अपराध तथा मानवताविरुद्धका अपराध गरेको आरोपसमेत लगाएको छ ।

अक्टोबर २६ मा सार्वजनिक प्रतिवेदनमा आयोगले गाजामा युद्धविराम सम्झौता भए पनि प्यालेस्टिनी जनतालाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने उद्देश्यले नरसंहारका कार्य जारी रहेको जनाएको छ । पश्चिम किनारमा पनि प्यालेस्टिनीको हत्या, उत्पीडन तथा उनीहरूलाई शारीरिक र मानसिक क्षति पुर्‍याउने घटनामा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुत प्रतिवेदनअनुसार इजरायली अधिकारी र सेनाले प्यालेस्टिनी नागरिकलाई जानाजानी निशाना बनाएका छन् । प्रतिवेदनमा विनाश, उत्पीडन, यातना, बलात्कार र अन्य प्रकारका यौन हिंसासम्बन्धी आरोपसमेत समेटिएका छन् ।

आयोगका अनुसार सन् २०२३ अक्टोबर ७ देखि पश्चिम किनारमा हवाई आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने क्रम बढेको छ । सन् २००८ देखि २०२३ अक्टोबर ६ सम्म हवाई आक्रमणमा छ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । तर, सन् २०२३ अक्टोबर ७ देखि २०२६ सेप्टेम्बर ३० सम्ममा हवाई आक्रमणबाट २५४ जना प्यालेस्टिनीको मृत्यु भएको आयोगले जनाएको छ ।

प्रतिवेदनमा प्यालेस्टिनीलाई राष्ट्रियता, जातीयता, लिङ्ग र उमेरका आधारमा निशाना बनाइएको उल्लेख छ । आयोगले गाजामा जस्तै पश्चिम किनारमा पनि इजरायली सेनाले बालबालिकाको जानाजानी हत्या गरेको र उनीहरूलाई गम्भीर शारीरिक तथा मानसिक क्षति पुर्‍याएको आरोप लगाएको छ । प्यालेस्टिनी बालबालिकामाथि उमेरका आधारमा उत्पीडन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार गाजामा गरिएको लक्षित आक्रमणमा हमास र प्यालेस्टिनी इस्लामिक जिहादसँग सम्बन्धित चार जना लडाकू मारिएको जनाएको छ ।

सेनाले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको विवरणअनुसार आइतबारको कारबाहीमा तीन जना मारिएका थिए । मारिनेमा इस्लामिक जिहादका अला अबु जैद र हमदान सुलेमान इब्राहिम अबु अमरा तथा हमासका स्नाइपर फावजी सलाम ओदात अल्लाह सवाहा रहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १ : ४६ बजे

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल