मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा « Khabarhub

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गमक्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई समाधान गर्न प्रेरित गरेको छ ।

यहाँस्थित प्रदेश अस्पताल जोमसोममा २०६६ सालमा सामुदायिक आँखा केन्द्र स्थापना गरिएको थियो । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा दृष्टिविहीनता निवारण परियोजनाको आर्थिक सहयोगमा मुस्ताङमा सामुदायिक आँखा केन्द्र स्थापना गरिएको हो । 

सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत रुमिला नेपालीका अनुसार हालसम्म केन्द्रद्वारा बीस हजारलाई आँखा परीक्षण गरी सेवा प्रवाह गरिएको छ । 

केन्द्रद्वारा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ चिकित्सकको सहभागितामा हालसम्म ५०० बढीको मोतिबिन्द्र अप्रेसन गरी सेवा पुर्‍याएको उनले जानकारी दिए ।  
यहाँस्थित सेवा केन्द्रले बर्सेनि दुई हजारको आँखा परीक्षण गर्ने गरेको नेत्र अधिकृत नेपालीले बताए। केन्द्रले भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकलाई लक्षित गरी पाँचै पालिकामा आँखासम्बन्धी सेवा पुर्‍याएको छ । 

आँखा रोगको पहिचान, उपचार तथा आवश्यक शल्यक्रिया मार्फत दृष्टि गुम्ने समस्या कम गर्ने र सम्भव भएसम्म दृष्टि पुनःस्थापना गर्ने उद्देश्यले संस्थाले काम गर्दै आइरहेको छ । केन्द्रले सुपथ मूल्यमा आँखा परीक्षण, औषधि तथा चश्मा उपलब्ध गराइ सेवा दिइरहेको छ । 

मोतिबिन्दु भएका आँखा बिरामीलाई स्क्रीन गरी लगत संकलन गरी बर्सेनि उपल्लो मुस्ताङको चराङ र तल्लो मुस्ताङको जोमसोमको प्रदेश अस्पतालका शल्यक्रिया शिविर सञ्चालन हुँदै आइरहेको छ । 

आर्थिक अवस्था कमजोर भएका तथा ज्येष्ठ नागरिकलाई आँखाको उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्य राखेको उनले जानकारी दिए ।

यसैगरी, केन्द्रमा गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहित गर्ने आँखा परीक्षणका लागि उपकरणको समेत पर्याप्त व्यवस्था गरिएको छ । 
    
सामुदायिक स्वास्थ्य स्वंयसेविकाका लागि आँखासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । केन्द्रको समन्वयमा उपल्लो मुस्ताङको चराङमा  सेवा फाउन्डेसनको सहयोगमा आँखा उपचार क्लीन सञ्चालनमा  छ । 

मुस्ताङमा आँखाको समस्या भएका बिरामीलाई लक्षित गरी सञ्चालन भएको कार्यक्रमले मुस्ताङका नागरिकहरूलाई छिटो छरितो र आर्थिक व्ययभार कम हुने गरी सेवा प्रवाह भएको र यसले समय खर्च र पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई धेरै हदसम्म सहज बनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १ : ५७ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ